अष्ट्रेलियन बैज्ञानिकहरुले जलवायु परिवर्तनको प्रभावबारे अनुसन्धान गर्ने

एजेन्सी,२७ पुस । अष्ट्रेलियाली बैज्ञानिकहरुले देखा परिरहेको जलवायु परिवर्तनको असरका बारेमा गहन अनुसन्धान गर्ने जनाएका छन् । पछिल्लो समयमा अष्ट्रेलियामा वातावरणीय असन्तुलन देखिएको छ । जसका कारण तापक्रममा अस्वभाविक र निकै लामो समयपछि बृद्धि भएको पाइएको छ ।

हालै मात्र सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियससम्म पुगेको थियो । यसलाई त्यहाँको करिब ८० वर्षपछिकै सबैभन्दा बढी तापक्रमका रुपमा देखाइएको थियो ।

उक्त अस्वभाविक तापक्रमलाई अधिकारीहरुले जलवायु परिवर्तनको असरका रुपमा व्याख्या गरेका थिए । अष्ट्रेलियाली दक्षिणी समुद्रमा उनीहरुले अनुसन्धान थाल्ने भएका हुन् । समुद्रको गहिराइसम्म पुगेर गरिने यस्तो अनुसन्धानका लागि उनीहरुले रोबोटको प्रयोग गर्ने तयारी गरिरहेका बताइएको छ ।

Top