नक्कली सेयर कारोबार गर्ने दलाल कम्पनी कारबाहीमा

काठमाडौं, २६ पुस – धितोपत्र बोर्डले नक्कली सेयरको कारोबार गर्ने दलाललाई कारबाही गरेको छ । कारबाहीमा पर्ने कम्पनीमा अग्रवाल सेक्युरिटिज प्रालि, श्रीहरि सेक्युरिटिज प्रालि र सिप्रवी सेक्युरिटिज प्रालि रहेका छन् ।

धितोपत्र बोर्डका अनुसार चिमिले जलविद्युत् कम्पनी नेसनल हाइड्रोपावर कम्पनी तथा सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडको नक्कली सेयर कारोबार भएको सम्बन्धमा बोर्डबाट छानबिन भई कारबाही गरिएको हो । आजको गोरखापत्रमा खबर छ ।

Top