दृष्टिविहीन क्रिकेटः नेपालले आज बंगलादेशसँग खेल्ने

काठमाडौं, २६ पुस – पाँचौं एकदिवसीय दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपालले बंगलादेशसँग खेल्ने भएको छ ।

आ–आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेका नेपाल र बंगलादेश आज पहिलो जितको खोजीमा छन् ।
प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा नेपाललाई पाकिस्तानले ९ विकेटले हराएको हो ।

प्रतियोगितामा आज बंगलादेशसँग खेलेपछि थप खेलका लागि नेपाली टोली युएईको दुबई पुग्नेछ । दुबईमा नेपालले श्रीलंका, भारत र अस्ट्रेलियासँग थप तीनवटा खेल खेल्नेछ ।

Top