खप्तड गोल्डकपमा आज संकटा र एपिएफ भिड्दै

काठमाडौं, २६ पुस – धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगितामा आज सेमिफाइनल प्रवेशका लागि सिएमजी संकटा र एपिएफबीच खेल हुने भएको छ ।

यी दुई टोली बीचको प्रतिस्पर्धा धनगढिस्थित स्थानीय रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा रुपन्देही–११ ले भुटानको डुकस्टार क्लबलाई दुईका विरुद्ध तीन गोलले पराजित गरेको छ ।

१२ टोली सहभागी प्रतियोगिताको उपाधि बिजेताले ११ लाख ११ हजार तथा उपबिजेता टोलीले ५ लाख ५५ हजार रुपैयाँ हात पार्नेछ । पुस २१ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १ गतेसम्म सञ्चालन हुने संयोजक ओमविक्रम चन्दले जानकारी दिए ।

Top