क्यालिफोर्नियामा पहिरोः १३ जनाको मृत्यु

एजेन्सी, २६ पुस – अमेरिकाको क्यालिफोर्नियामा लगातारको वर्षासँगै गएको लेदोसहितको पहिरोमा पुरिएर १३ जनाको मृत्यु भएको छ । लगातारको वर्षासँगैको बाढी तथा लेदोसहितको पहिरोका कारण दक्षिणी क्यालिफोर्नियामा मानवीय क्षति भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन ।

क्यालिफोर्नियाको मोन्टेसिटोमा लेदोसहितको पहिरो गएको हो । पहिरोमा पुरिएर कम्तिमा २५ जना घाइते भएका छन् । अन्य धेरैजनाको उद्धार गरिएको छ । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धारको काम भइरहेको सरकारी अधिकारीले बताएका छन् । पहिरोले सबैभन्दा धेरै क्षति मोन्टेसिटोमा पुगेको छ ।

पहिरोले साना सवारी साधनहरु समेत बगाएको तथा सडकहरु अवरुद्ध भएको संचारमाध्यमहरुले जनाएका छन ।

Top