स्वास्थ्य समस्याका कारण बेलायतका मन्त्रीद्वारा राजीनामा

बेलायत,२५ पुस । बेलायतको उत्तरी आयरल्याण्ड मन्त्री जेम्स ब्रोकेन्साएरले राजीनामा दिएका छन् । स्वास्थ्यमा समस्या देखाउँदै उनले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री टेरिजा मेलाई ब्रोकेन्साएरले बुझाउनु भएको राजीनामा पत्रमा आफ्नो शल्यक्रिया गर्नु पर्ने भएकाले राजीनामा दिएको उल्लेख गरेका छन् ।प्रधानमन्त्री मेले मन्त्रीपरिषद्का सदस्यहरु हेरफेर गरेकै दिन मन्त्री ब्रोकेन्साएरले स्वास्थ्यको समस्या देखाउदै राजीनामा दिएका हुन् ।

मन्त्री परिषद्का धेरै जनालाई हेरफेर गर्ने अनुमान भइरहेका बेला उनले आफ्नो कन्जरभेटीभ पार्टीका अध्यक्षलाई नै हटाएका छन् । लेविसको सट्टामा पाट्रीक म्याकलौघलिनलाई जिम्मेवारी दिइएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जनाएका छन् ।

Top