दक्षिण कोरियामा हुने ओलम्पिकमा उत्तर कोरियाका खेलाडी सहभागी बन्ने

कोरिया,२५ पुस । उत्तर कोरियाले आउँदो फेब्रुअरीमा दक्षिण कोरियाको सिओलमा हुने विन्टर ओलम्पिकमा आफ्ना खेलाडी तथा समर्थक सहभागी हुने भएका छन् ।

दुई कोरियाका उच्च अधिकारीबिच आज बिहान भएको उच्चस्तरीय वार्तामा उत्तर कोरियाले विन्टर ओलम्पिकमा आफ्ना खेलाडी पठाउने बताएको दक्षिण कोरियाका अधिकारीले बताएका छन् । टोलीमा खेलाडी, समर्थक तथा अरु केही सरकारी अधिकारी रहने वार्ताको क्रममा उत्तर कोरियाले बताएको अन्तर्राष्ट्रि संचार माध्यमले जनाएका छन् ।

दक्षिण कोरियाको प्रस्तावमा दुई देशबिचको सीमा क्षेत्रमा वार्ता भएको हो । पछिल्लो दुई वर्षमा दुई कोरियाबिच भएको यो पहिलो उच्चस्तरीय वार्ता हो । यो वार्ताले दुई कोरियाबिचको सम्बन्ध सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । दुई कोरियाबिच यसअघि सन् २०१५ मा वार्ता भएको थियो ।

Top