आहा रारा गोल्डकप माघ ९ गतेदेखि पोखरामा हुने

पोखरा,२५ पुस । आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको १६ औं संस्करणमा दुई विदेशीसहित १२ टिम सहभागी हुने भएका छन् ।

सहारा क्लबको आयोजनामा माघ ९ गतेदेखि पोखरामा हुने प्रतियोगितामा भारत र बंगलादेशका गरी दुई विदेशीसहित १२ टिम सहभागी हुने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतियोगितामा भारतको युनाइटेड सिक्किम फुटवल क्लब, बंगलादेशको उत्तर बरिन्धरा क्लब, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, रमपम झापा ११ फुटवल क्लब, धरान फुटवल क्लब, सुदूर पश्चिमाञ्चल एघार स्पोर्टिङ क्लब, थ्रीस्टार क्लब, आयोजक सहारा र तीन वटा विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सहभागिता जनाउने भएको सहारा क्लबले बताएको छ ।

प्रतियोगितमा विजेताले उपाधीसहित ७ लाख १ हजार, उपविजेताले ३ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Top