सिरियामा विस्फोट हुँदा २३ जनाको मृत्यु

एजेन्सी, २४ पुस – सिरियाको विद्रोही नियन्त्रित क्षेत्र इडबिलमा भएको विस्फोटमा कम्तिमा २३ जनाको मृत्यु भएको छ ।

सिरियाको उत्तर–पश्चिमी क्षेत्र इडलिबमा ठूलो विस्फोट भएको बेलायती मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले जनाएको छ । विस्फोटमा परी मृत्यु हुनेमा सात जना सर्वसाधारण नागरिक रहेका छन् । विस्फोटको कारण खुलेको छैन ।

केहीले कार बम विस्फोट भएको बताएका छन् भने केहीले ड्रोन आक्रमण भएको दाबी गरेका छन् । इडलिब ब्रिदोहीको हेडक्वाटरको रुपमा रहँदै आएको छ ।

Top