जाजरकोटमा रुघाखोकी र भाईरल ज्वरोले दुईको मृत्यु

काठमाडौं, २२ पुस – जाजरकोटको जुनि चाँदे गाउँपालिकामा केहि दिनदेखि फैलिएको रुघाखोकी र भाईरल ज्वरोका कारण २ जनाको मृत्यु भएको छ । दर्जनौ बिरामी परेका छन् ।

श्वास प्रश्वासमा समस्या संगै रुघाखोकीले थलिएका जुनि चाँदे गाँउपालिका २ मजकोटकी ६५ वर्षिया धनसरा नाथ र ७५ बर्षका सतरुप शाहीको मृत्यु भएको स्थानीय स्वाथ्य चौकी बड्कुलेका ईन्चार्ज हरिबहादुर सिंहले जानकारी दिनुभयो ।

अहिले ज्वरो र रुघाखोकीले जुनिचाँदे गाउँपालिकाका करिव तीनसय बढी बिरामी भएका छन् । स्थानीय स्वाथ्यचौकीमा दैनिक ४० देखि ५० जनासम्म भाइरलका बिरामी आउने गरेका सिंहले बताउनुभयो ।

Top