एक साताको अवधिमा सड्नीमा ३ नेपालीको मृत्यु

काठमाडौं, २२ पुस – अष्ट्रेलियाको सिड्नीमा एक साताको अवधिमा ३ नेपालीको मृत्यु भएको छ ।

करीब एक साताअघि सिड्नीको न्युकासल क्षेत्रमा बस्ने नेपाली नर्स तृप्ति पाण्डे र परिवार भेट्न सिड्नी पुगेकी ६१ वर्षीय देबकुमारी अधिकारीको विमानस्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

यसैगरी सिड्नीको लिडममा बस्दै आएकी नेपाली विद्यार्थी अस्मिता रिजाल आफू बस्ने स्थानमा मृत भेटिएकी छन् । पाण्डे र रिजालले आत्महत्या गरेको आशंका गरिए पनि रिपोर्ट आउन बाँकी रहेको छ ।

Top