नुवाकोटः छुट्टाछट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, २१ पुस – नुवाकोटमा भएका छुट्टाछट्टै र्दुघटनामा दुई जनाको मृत्यु भएको छ । तार्केश्वर गाउँपालिका–५ गोस्र्याङमा गएराति स्काभेटर दुर्घटना सहचालक बुद्धिराम तामाङको मृत्यु भएको छ ।

सडक विस्तार गरेर सुरक्षित स्थानतर्फ राख्नका लागि लैजाँदै गर्दा भएको दुर्घटनामा मेघाङ गाउँपालिका घर भएका तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । यस्तै, दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा गएराति नै करेन्ट लागेर स्थानीय सुनबहादुर तामाङको मृत्यु भएको छ ।

छिमेकी चन्द्रबहादुर तामाङको घर निर्माणका लागि खटिएका २८ वर्षीय तामाङले फलामको रड सोझ्याउने क्रममा विद्युतीय तारमा छोएर करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Top