२२४ विद्यालय दरबन्दीविहिन हुँदा पठनपाठनमा समस्या

विनोदसिंह विष्ट
बैतडी – बैतडीमा २ सय २४ सामुदायिक विद्यालय शून्य दरबन्दीमा सञ्चालनमा रहेका छन् । आधारभूत तहदेखि माध्यमिक तहसम्मका ५३९ सामुदायिक विद्यालय मध्ये शून्य दरबन्दी रहेका विद्यालयमा निजी श्रोतका शिक्षकले पठनपाठन गरिरहेका छन् ।

दरबन्दी नहुँदा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर समेत खस्कदै गएको छ । समुदायले विद्यालय स्थापनाका लागि माग गर्दा जिल्ला शिक्षा कार्यालयले अनुमति दिएको तर विद्यालयमा दरबन्दी नहुँदा समस्या भएको विद्यालयले जनाएका छन् । शिक्षक दरबन्दी मिलान नहुँदा र लामो समयसम्म शिक्षक दरबन्दी पूर्ति नहुँदा सामुदायिक विद्यालयले समस्या खेपिरहेका छन् ।

दरबन्दी अनुसारका शिक्षक नहुदा पठनपाठन प्रभावित हुने गरको सिद्धनाथ आधारभुत विद्यालयका प्रधानाध्यापाक शिक्षक गणेश अवस्थीले बताउनुभयो । विद्यालयसंग आर्थिक अवस्था नहुँदा शिक्षक राख्न सकेका छैनौं उहाँले भन्नुभयो“ निजी श्रोतका शिक्षक पनि एक दुई महिना काम गर्ने भएकाले पठनपाठन प्रभावित हुनदै आएको छ” निजी श्रोतमा चलेका विद्यालयको शैक्षिक गुणस्तर कमजोर भएको जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक दशरथ भट्टले बताउनुभयो ।

पुर्णतया निजी श्रोतवाट समुदायले विद्यालय सञ्चालन गछौं भनेर अनुमती लगेका हुन उहाँले बताउनुभयो“निजी श्रोतमा विद्यालय सञ्चालन गर्दा विषयगत शिक्षक नराख्ने भएकोले शैक्षिक गुणस्तर खस्किदै गएको छ” बैतडीमा २०७१ सालमा दरबन्दी मिलान गर्ने निर्णय गरिएको भएपनि त्यो कार्यान्वयनमा आउन सकेन । फलस्वरुप सामुदायिक विद्यालयहरुमा शिक्षकको अभाव कायमै रहेको छ ।

शिक्षक दरबन्दी मिलान नहुँदा र लामो समयसम्म शिक्षक दरबन्दी पूर्ति नहुँदा सामुदायिक विद्यालयले खेपिरहेका समस्याका बारेमा सम्बन्धित निकायले ध्यान नदिए सामुदायिक विद्यालयको अवस्था झनै नाजुक अवस्थामा पुग्ने देखिन्छ ।

Top