‘एक आनाको जमाना’ पुस्तक विमोचित

काठमाडौं । साहित्यकार ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘एक आनाको जमाना’ अनुभवन्यास (पुस्तक) विमोचन भएको छ । ‘एक आनाको पुस्तक’ पत्रकार पुरुषोत्तम दाहाल र प्रध्यापक डा. डिल्लीराम दाहालले संयुक्तरूपमा विमोचन गरेका थिए ।
पुस्तक विमोचन गर्दै पुरुषोत्तम दाहालले ध्रुवचन्द्र गौतमद्वारा लिखित अधिकांश पुस्तकले नयाँ पिँढीलाई साहित्यमा आकर्षित गरेको बताए ।
कार्यक्रममा लेखक ध्रवचन्द्र गौतमले साहित्य व्यवसाय बन्न उपलब्धिको सहयोग सह्राहनीय रहेको बताए । साहित्यको प्रवर्धनमा प्रकाशकको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने उनको भनाई थियो । ‘यो पुस्तक त्यो बेलाको संस्करण हो, पक्कै पनि पुस्तकले पाठकलाई इतिहासको ज्ञान दिलाउने छ’ उनले भने ।
गौतमको उक्त पुस्तक उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको साहित्य विकास उपसमितिले प्रकाशनमा ल्याएको हो । सहकारीले गौतमका ‘समग्र कथा’ कथा संग्रह, ‘वञ्चक’ (अनुभवन्यास) लगायतका पुस्तक प्रकाशन गरेको छ ।

Top