तमु ल्होसारका अवसरमा आइतरामले ल्याए ‘लुकिछिपी..’ (भिडियोसहित)

काठमाडौं – गुरुङ चलचित्रवाट कलाकारितामा पाइला राखेका आइतराम गुरुङले नेपाली भाषको ‘लुकिछिपी’ वोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन । पछिल्लो समय नेपाली संगीत क्षेत्रका उदयीमान कलाकार आइतरामले म्यूजिक भिडियो सार्वजनिक गर्न पाउदा खुसि लागेको प्रतिक्रिया दिएका छन ।

तमु ल्होसारको पूर्व सन्ध्यामा लोसारकै अवसर पारी गुरुङ चलचित्रका वरिष्ठ कलाकार राजु गुरुङको प्रमुख आतित्यमा भएको भिडियो अनावरण कार्यक्रममा गुरुङ भाषाका साथै अन्य विभिन्न कलाकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित भएका कलाकारहरुले म्यूजिक भिडियो निकै राम्रो वनेको प्रतिक्रिया दिएका दिनुका साथै गायक आइतरामको आगामी दिनमा सफलताको शुभकामना समेत दिएका थिए ।

उक्त म्यूजिक भिडियोमा वुद्ध गुरुङ तथा नितु लिम्वुको अभिनय रहेको छ भने म्यूजिक भिडियोको निर्देशन प्रितम गुरुङले गर्नुभएको छ ।

Top