माधव निर्दोष र सन्तोष श्रेष्ठले ‘मित्रता’ विमोचन

काठमाडौं,१० पुस । पत्रकार एवं गितकार माधव निर्दोष र संगितकार सन्तोष श्रेष्ठको आधुनिक गित–गजल एल्वम विमोचन गरिएको छ । सोमबार मिडिया इन्टरनेसनलमा आयोजित विशेष समारोहकाबीच वरिष्ठ संगीतकार एवं संगीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटाले एल्बमको बिमोचन गरे ।

विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति बाँस्कोटाले मित्रता एल्बम उत्कृष्ठ भएको बताए । पत्रकारिता क्षेत्रमा सिकेको अनुभवलाई लिएर गितसंगीतको क्षेत्रमा पाइला अघि बढाएकोमा माधव निर्दोषलाई धन्यवाद दिँदै उपकुलपति बाँस्कोटाले पत्रकारिता र संगीत क्षेत्रलाई सँगसँगै अघि बढाउन सुझाव समेत दिए ।

१२ वर्षअघि निर्दोषले आफ्नो अन्तरवार्ता लिएको स्मरण गर्दै उनले आफ्नो अन्तरवार्ता लिने मान्छेले लेखेको गित विमोचन गर्न पाएकोमा ज्यादै हर्षित भएको बताए । कार्यक्रममा बोल्दै गीतकार संघका अध्यक्ष चुुणामणी देवकोटाले पत्रकारिता क्षेत्रमा कलम चलाइरहेका व्यक्तिको प्रवेशले गीतकार संघमा हौसला बढेको बताए । गीतकार संघको सदस्यता लिएर अब यस्ता व्यक्तिले संघलाई हाक्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममाबरिष्ठ संगितकार बुनु मुकारनले ‘मित्रता’ एल्बममा समावेश भएका गीत सबै राम्रो भएको र संगीतप्रेमी सबैले रुचाउने बताए ।

संगीत कला पत्रकार संघका अध्यक्ष सुमन वैरागीको सभापतित्वमा भएको कार्यक्रम संचारकर्मी लोकराज अधिकारीले सञ्चालन गरेका थिए ।

Top