अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरु

पोखरा,७ पुस– पोखरा फिल्म सोसाइटीको आयोजनामा पोखरा सभागृहमा बिहीबारदेखि तेस्रो अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरु भएको छ। तीन दिनसम्म चल्ने सो महोत्सवमा स्वदेशी र विदेशी गरी ४३ वटा फिल्म प्रदर्शन गरिने महोत्सवका संयोजक सरोज सापकोटाले जानकारी दिनुभयाे ।

महोत्सवमा सहभागिता जनाउन सयभन्दा बढी देशका ९०० चलचित्रको आवेदन परे पनि ४३ वटा मात्र प्रदर्शनीका लागि छनोट गरिएको बताइएको छ। महोत्सवमा वृत्तचित्र, लघु चलचित्र, कलानक चलचित्र, प्रयोगात्मक चलचित्र, एनिमेशन चलचित्र समेटिएका छन्। समाजमा सकारात्मक सन्देश दिने चलचित्रलाई मात्र महोत्सवमा समावेश गरिएको छ। महोत्सवमा २६ नेपाली र १७ विदेशी चलचित्र प्रदर्शन गरिनेछ।

Top