कक्षा ११ र १२ को नतिजा पनि अब ग्रेडिङ प्रणालीमा

काठमाडौ, पुष ५ । कक्षा ११ को नियमिततर्फको नतिजा पुस २० गतेभित्रै सार्वजनिक हुने भएको छ ।

कर्मचारी चुनावमा खटेकाले नियमिततर्फको नतिजा ल्याउन ढिला हुने भएको हो । तर , यो वर्षदेखि कक्षा ११ को नतिजा पनि ग्रेडिङ प्रणालीबाट प्रकाशन हुने बताईएको छ ।

यसअघि एसईईको नतिजा ग्रेडिङ प्रणालीबाट सुरु भइसकेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले ग्रेडिङ प्रणाली वैज्ञानिक र अन्तर्राष्ट्रिय स्तरमा पनि मान्य भएकाले कक्षा ११ को नतिजा ग्रेडिङ प्रणालीबाट गर्ने बोर्डले निर्णय गरेको बताउनुभयो ।

कक्षा १२ को नतिजा पनि ग्रेडिङ सिस्टमअनुसार गर्ने बोर्डको तयारी छ ।

Top