आजदेखि १५औं ‘इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल–२०१७’

काठमाडौ, २८ मंसिर – १५औं ‘इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल–२०१७’ आजदेखि काठमाडौमा सुरु हुँदैछ । महोत्सवमा ३७ देशका ७८ वटा चलचित्र प्रदर्शन हुनेछन् ।

महोत्सवमा साहसिक खेलकुद, पर्वतारोहण, पर्वतीय समाज र संस्कृति, पर्वतीय जीवनशैली तथा वातावरण संरक्षण लगायतका विषय समेटिएका वृत्तचित्र, कथानक चलचित्र, लघुचलचित्र, एनिमेसन र प्रयोगवादी चलचित्र देखाइने किम्फका अध्यक्ष वसन्त थापाले जानकारी दिनुभयो ।

यसपटक महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा १५ वटा लामाछोटा चलचित्र छानिएका छन् । अप्रतिस्पर्धी ४८ वटा चलचित्र देखाइनेछ ।

नेपाल पानोरमा अन्तर्गत १५ वटा चलचित्र चयन भएका छन् । महोत्सव कुमारी सिनेमा हलमा पुस ३ सम्म सञ्चालन हुनेछ ।

Top