रित्तै फर्कियो मतपेटिका

सप्तरी, २२ मंसिर – बिहीबार ४५ जिल्लामा मतदान भइरहँदा सप्तरीको महदेवा मतदानस्थल सुनसान रह्यो । ‘हामी दिनभर मतदानस्थलमा बास्यौं तर कोही आएनन्,’ मतदान अधिकृत धनेश्वर साहले भने, ‘हामीले बोलाएका राजनीतिक दलका प्रतिनिधिसमेत कोही आएनन् ।’

आठ कर्मचारी, चार प्रहरी र १० म्यादी बिहान ६ बजेदेखि मतदाताको प्रतिक्षामा बसेका थिए । अन्ततः निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारी दिनभर घाम तापेर साँझ ५ बजे खालीसम्म पनि कोही नआएपछि रित्तै मतपेटिका लिएर फर्किए । आजको अन्नपूर्णमा खबर छ ।

Top