मनाङको प्रदेशसभा ‘क’ बाट चिन्तबहादुर घले बिजयी

काठमाडौं, २२ मंसिर – कांग्रेसले मनाङबाट जितको खाता खोलेको छ । कांग्रेसका चिन्तबहादुर घलेले मनाङको प्रदेश सभा क बाट जित हात पारेका हुन् ।

विजयी घलेले ९ सय ९८ मत प्राप्त गरे । निकटतम् प्रतिद्वन्द्वी एमालेका धोर्जे डण्डुल गुरुङलाई १०२ मतअन्तरले हराउँदै उनी विजयी भएका हुन् । एमालेका धोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत पाएका हुन् ।

मनाङको प्रदेश सभा खमा भने एमालेका समर्थन पाएका राजीव गुरुङ (दीपक मनाङे) जितेका छन् । प्रतिनिधिसभामा भने एमालेका पाल्देन छोपाङ गुरुङ विनजी भएका छन् ।

Top