सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

विनोदसिंह विष्ट ।
बैतडी, २१ मंसिर– गएराती ९ बजेर ४ मिनेटमा सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

खानी तथा भुगर्भ विभाग तथा भूकम्प मापन केन्द्र काठमाडौंका भूकम्पविद चिन्तन तिमल्सेनाका अनुसार दार्चुलाबाट २२ किलोमिटर पश्चिम भारत उत्तराखण्ड केन्द्र बनाएर ५.५ रेक्टर स्केलको भुकम्प गएको हो ।

भूपकम्पले कुनै क्षती भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । यसअघि गत कार्तिक २२ गते प्रदेश नं ७ को बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

Top