सर्लाहीमा राजपा र कांग्रेस कार्यक्रर्ताबीच झडप

काठमाडौं, २१ मंसिर – सर्लाहीको एक मतदान केन्द्रमा कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप भएको छ । भडपले उग्र रुप लिएपछि प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ ।

कौडेना गाउँपालिकाको जनता मावि केन्द्र बाहिर मतदान केन्द्रमा कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रण लिन चार राउण्ड गोली चलाएको सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मसौद आलम खाँले जानकारी दिनुभयो ।

स्थिति तनावपूर्ण हुँदै गएपछि हवाई फायर गर्नुपरेको उनको भनाइ छ । हवाई फायरपछि स्थितिीसामान्य भएको र मतदान केन्द्रमा भने अहिले मतदान भइरहेको प्रहरीले जनाएको छ ।

उता, दाङको दंगीशरण गाउँपालिका ६ श्रीगाउँमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ । भोट हाल्न आएका काठमाडौं महानगरपालिकाका कर्मचारी टेकबहादुर केसी र नेविसंघको क्षेत्रीय सचिव चित्रकुमार केसी घाइते हुनु भएको छ । घाइतेहरुको तुल्सीपुर सिटी हस्पितलमा उपचार भइरहेको छ ।

Top