लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा

एजेन्सी, २१ मंसिर – इंग्लिश क्लब लिभरपुल यूएफा च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

गएराति भएको समूह चरणको अन्तिम खेलमा स्पार्टाक मस्कोलाई ७-० को फराकिलो अन्तरले पराजित गर्दै लिभरपुलले नकआउट चरणमा स्थान बनाएको हो ।घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन फिलिप कौटिन्होले ह्याट्रिक गरे ।

त्यस्तै साडियो मानेले दुई गोल गर्दा रोबर्टो फिर्मिन्हो र मोहमद सलाहले समान एक एक गोल गरे । जितसँगै लिभरपुलले समूह ई को बिजेता बन्दै अन्तिम १६ मा स्थान बनायो । लिभरपुल अन्तिम १६ मा पुग्ने चौथो इन्ग्लिश क्लब हो ।

Top