मतगणनास्थलमा सिसी टीभी र जालीको प्रयोग !

काठमाडौं, २१ मंसिर – मतगणना स्थलको सुरक्षा व्यवस्थालाई ध्यानमा राखी निर्वाचन आयोगले काठमाडौँ लगायत बिभिन्न निर्वाचन क्षेत्रमा सिसी टिभी क्यामेरा र तारजाली राख्ने तयारी गरेको छ ।

आज साँझा ५ बजेदेखि पहिलो चरण र दोस्रो चरणको मतदान सम्पन्न भएसंगै मतगणना हुने अधिकाँस जिल्लामा विगतमा भएको अप्ठ्यारो परिस्थितिलाई ध्यानमा राखेर सुरक्षित बनाउन सिसी टिभी क्यामेरा जडान र प्रतिनिधिले हर्ने मिल्ने गरी जाली राख्ने तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ ।

मतगणना एकै ठाउँमा गणना गर्दा ढिलाइ हुने भएकाले विभिन्न स्थानमा मतगणना हुने तयारी निर्वाचन आयोगले गरेको छ ।

यसैबीच, काठमाडौँ निर्वाचन क्षेत्र नं १, २, ३ र ४ राष्ट्रिय सभागृह, निर्वाचन क्षेत्र नं ५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा, निर्वाचन क्षेत्र नं ९ र १० को अन्तराष्ट्रिय सम्मेलन केन्द्र बानेश्वारमा, निर्वाचन क्षेत्र नं ८ को वन परिसर बबरहलमा र निर्वाचन क्षेत्र नं ६ जिल्ला समन्वय समिति बबरमहलमा मतगणना कार्य जारी जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Top