पहिलो चरणमा सम्पन्न निर्वाचनको मतगणना साँझबाट

काठमाडाैं, २१ मंसिर – मंसिर १० गते सम्पन्न भएको पहिलो चरणको निर्वाचनको मतगणना आज साँझ ५ बजेबाट थालिंने भएको छ । दोस्रो चरणको मतदान सम्पन्न हुने बित्तिकै पहिलो चरणमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना थालिने भएको हो ।

आज साझ ५ बजे मतदान सकिनै बित्तिकै पहिलो चरणमा सम्पन्न ३२ जिल्लाको निर्वाचनको मतगणना सुरू हुने निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सबै मतपेटिका संकलन भएपछि मात्रै दोस्रो चरणको निर्वाचनको मतगणना सुरू गर्न सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ ।

आयोगले ४ दिनभित्र प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको छ । यस्तै ८ दिनभित्र दुवै चरणको निर्वाचनको मत परिणाम सार्वजनिक गरिसक्ने योजना बनाएको निर्वाचन आयुक्त पौडेलले जानकारी दिनुभयो ।

Top