अाज निर्वाचन हुने ४५ जिल्लामा यातायात सञ्चालनमा रोक

काठमाडौं, २१ मंसिर – प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि गएराती १२ बजेदेखि यातायातका साधन चलाउन रोक लगाइएको छ । रोक लगाइएको छ । दोस्रो चरणमा मतदान हुने ४५ जिल्लामा मध्यरातीदेखि यातायातका साधन चलाउन रोक लगाइएको हो ।

गृह मन्त्रालयका अनुसार सुरक्षा निकायका गाडी, चुनावी प्रयोजनको लागि पास लिएका सवारी, एम्बुलेन्स, दमकल, खानेपानी बोकेको ट्याङकर, दूरसंचार सेवा, शव बहान, अस्पताल सेवा र विद्युत सेवा लगायतका अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ ।

आन्तरिक उडान ७५ प्रतिशतले कटौती
दोस्रो चरणमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका दिन (आज) आन्तरिक उडान ७५ प्रतिशतले कटौती हुने भएको छ । निर्वाचन हुने क्षेत्रमा अत्यावश्यक सवारी बाहेक अरु सवारी नचल्ने भएकाले आन्तरिक रुटमा ७५ प्रतिशत उडान कटौती हुने भएको हो ।काठमाडौंबाट हाल दैनिक ३ सय आन्तरिक उडान र अवतरण हुने गर्छ । कटौती हुँदा चुनावको दिन (आज) काठमाडौंबाट बाहिर जाने र फर्कने गरी ७५ हाराहारीमा मात्रै उडान हुने निजी वायुसेवा प्रदायकहरुको संगठन आयोनले जनाएको छ ।

Top