हुुम्लामा २१ गते बेलुका ५ बजेबाट मतगणना सुरु

राजन रावत
हुम्लाा,२० मंसीर । पहिलो चरणमा मतदान प्रक्रिया सम्पन्न भई कडा सुुरक्षा घेरामा राखिएका जिल्लाको मत गणना गर्ने कार्य २१ गते बेलुुका ५ बजे बाटसुुरु हुने भएको छ । जिल्ला समन्वय समितिको सभाहललाई तार जालीले घेरबार गरेपछि वुुुधबाार बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो ।

२१ गते ५ बजेबाट मत गणना कार्य सुुरु गर्ने आज बसेको सर्वदलीय बैठकले निर्णय गरेको मुख्य निर्वाचन अधिकृत मेदिनी प्रसाद शर्मा पौडेलले बताउनुु भयो ।

मत गणना कार्यका लागि हलमा तारजाली घेरबार गर्ने कार्य पुुरा भएको र मत गणनामा खटिने कर्मचारीको पनि व्यवस्था भै सकेको उहाँले बताउनुु भयो । मत गणनाको लागि एक दिनमा दुुई वा तीन वटा टोलीले आठ आठ घण्टा दरले मत गणना गर्ने व्यवस्था गरिएको उहाँले बताउनुु भयो ।

२१ गते ५ बजेबाट पहिला प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यको र त्यसपछि प्रत्यक्षतर्फ प्रदेश सभा सदस्य एक नम्वर क्षेत्र र त्यसपछि २ नम्वर क्षेत्रको तथा अन्तमा दुुवै सभाको समानुुपातिकतर्फको मत गणना गर्ने कार्य गरिने प्रमुुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद वास्कोटाले बताउनुु भयो ।

जिल्लामा एक वटा निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ दुुई वटा क्षेत्र रहेका छन । भने हुम्लाको कुुल २७ हजार तीन सय ३४ मतदातामा २२ हजार २३ मत खसेको सहायक मुुख्य मुुख्य मतदान अधिकृत डाक्टर चन्द्र प्रसाद रिसालले बताउनुु भयो ।

त्यसै गरि प्रदेश सभा सदस्यका लागि १ नम्वर क्षेत्रमा १५ हजार २ सय ६३ मा १२ हजार ५ सय ६० मत खसेको छ भने दुुई नम्वर क्षेत्रमा कुुल ११ हजार ८ सय १३ मतमा ९ हजार ४ सय ६३ मत खसेको उहाँले बताउनुु भयो ।

जिल्लाका ५२ वटा मतदान केन्द्रबाट मुुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त १ सय ६५ मतपेटिकालाई जिल्ला समन्वय समितिको अथिति गृहको तीन वटा कोठामा कडा सुुरक्षाको घेरामा राखिएको छ ।

Top