हुम्लामा मासुपसल अत्याधिक मापदण्ड विपरित

राजन रावत
हुम्ला,२० मंसिर । सदरमुुकाम सिमकोटमा संचालनमा रहेका अधिकाँस मासुु पसलहरु मापदण्ड विपरित रुपमा संचालन हुुँदै आएका छन । बुधबार बजार अनुुगमन समितिले गरेको अनुुगमनका क्रममा सिमकोटमा संचालित सब मासुु पसलहरु मापदण्ड विपरित देखिएका हुुन ।

मासुु पसलमा विशुुद्ध रुपमा मासुुको मात्र विक्री वितरण हुुनुु पर्नेमा त्यहाँ अन्य दैनिक उपभोग्य सामाग्री पनि विक्री गरिएको पाइएको जिल्ला पशुु सेवा कार्यालयका प्रमुुख डाक्टर हरि बहादुुर कुुँवरले बताउनुु भयो ।

एउटा मासुु पसलमा एक प्रकारको मासुु मात्र हुनुु पर्नेमा सिमकोटका मासुु पसलमा खसि, कुुखुुरा, राँगो र माछाको मासुु एकै ठाँउमा विक्री गरिएको पनि भेटिएकोले पहिलो पटकलाई सर्तक बनाइएको र त्यसपछि पनि त्यस्तो पाईए पसललाई सिल गर्ने जिल्ला स्तरीय अनुुगमन समितिका संयोजक सहायक प्रमुुख जिल्ला अधिकारी ऋद्धि प्रकाश सिटौलाले बताउनुु भयो ।

मासुु पसलमा सरसफाईलाई पनि ख्याल नगरिएको पाईएकोले सिमकोटका बाासिन्दा शुुद्ध मासुु खानाबाट बञ्चित हुनुु परेको गुुनासो आउने गरेको छ । १९ वटा मासुुका पसलमा दुुई वटा बाहेक अन्य सबै न्यूनतम मापदण्ड पनि नपुुगेकोले अबको अनुुगमनमा पनि यस्तै भेटिए त्यस्ता पसललाई नियमानुुसार कारबाही अगाडी बढाउने उहाँले बताउनुु भयो ।

दोस्रो पटकको अनुुगमनमा पनि सुुधार नगरेको पाईए पनि रावत मासुु पसललाई ताला लगाइएको छ भने हाम्रो फ्रेस हाउसबाट १० केजी कुुहिएको कुखुराको मासुु जफत गरेर गाडिएको सिमकोट गाँउ पालिकाका अध्यक्ष पदम बहादुुर लामाले बताउनुु भयो ।
सबै पसलमा नेपालगन्जबाट हवाई ढुुवानी गरेर ल्याएको तरकारी पनि मासुु संगै राख्ने गरेको भेटिए पछि यस पटक सचेत गरिएको उहाँले बताउनुु भयो । सिमकोटका केहीमा मात्र खसीको मासुु पाइए पनि अधिकाँसमा व्रोइलर कुुखुुराको मासुु पाईने गरेको छ भने त्यो संगै दुुध, दही, तरकारी, वदाम र चाउचाउ पनि विक्री हुुँदै आउने गरेको छ ।

Top