विश्व क्रिकेट लिगको पहिलो खेलमा नेपाल युएईसँग ७ विकेटले पराजित

काठमाण्डाैं, २० मंसिर । नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको पहिलो खेलमा युएईसँग ७ विकेटले पराजित भएको छ ।

टस हारेर ब्याटिङमा आएको नेपालले ६ विकेट गुमाई २ सय २१ रन बनायो । नेपालबाट शरद भेषावकरले सर्वा्धिक ८१ रन बनाए । च्याम्पियनसिपमा यो उनको उच्च स्कोर हो ।

त्यस्तै ज्ञानेन्द्र मल्लले ५४, कप्तान पारस खड्का र सोमपाल कामीले समान २०, दीलिप नाथ १६, विनोद भण्डारी ४ र आरिफ शेख शुन्यमा आउट भए । वसन्त रेग्मी १४ रनमा नटआउट रहे ।

घुलाम सब्बरले नटआउट ८१ रन बनाएपछि युएईले ४५.५ ओभरमा लक्ष्य पुरा गर्यो । कप्तान रोहन मुस्ताफाले ६२ रन बनाए । नेपालबाट शरद र सन्दीप लामिछानेले १–१ विकेट लिए । दोस्रो खेल शुक्रबार हुनेछ ।

विजयपछि पुछारमा रहेको युएई जितपछि ८ अंकसहित सातौं स्थानमा उक्लेको छ । नेपाल नौं अंकसहित छैटौं स्थानमा छ ।

Top