मौन अवधिमा ‘मत किन्ने’ चलखेल

काठमाडौं, २० मंसिर – कहिल्यै कसैले वास्ता नगर्ने जनकपुर–३ को दलित चमार टोलमा मंगलबार दिउँसो केही ‘नयाँ अनुहार’ देखिए । त्यहाँका एक बासिन्दाले कान्तिपुरसँग भने, ‘भोटको कुरा गर्न आएका ।’

निर्वाचन आयोगले तोकेको मौन अवधिमा कस्तो भोटको कुरा रु स्थानीयवासीले मतदान गर्न दलहरूसँग प्रस्ताव राखेछन्– निर्माणाधीन भगवतीको गहवर (मन्दिर) को पर्खाल र छत ढलाइ गर्न जसले ५ लाख रुपैयाँ दिन्छ, यसपालि उसैलाई भोट दिने ।

यसमा राजनीतिक दलका ‘बिचौलिया’ आई बढाबढ गर्दा रहेछन् । ‘पाँच लाख दिने अझै कोही निस्किएको छैन’, ६५ वर्षीय पञ्चलाल महराले भने, ‘हामीलाई व्यक्तिगत रूपमा केही चाहिँदैन । मन्दिरको पर्खाल जसले बनाइदिन्छ, भोट उसैले पाउँछ ।’

तर, उनीहरू आश्वासनमा यसपालि भर नपर्ने भएका छन् । गत स्थानीय तह निर्वाचनमा एउटा राजनीतिक दलका वडा अध्यक्ष पदका उम्मेदवारले उक्त मन्दिर निर्माण गर्न ५ क्विन्टल फलामे डन्डी झारिदिए । उनी हारे । पछि आएर डन्डी फिर्ता लगे । ‘उनी (रड दिएका उम्मेदवार) आफ्नै भाग्यले हारे ।

हामीले त भोट दिएकै हो । तर भगवती गहवर बनाउन ल्याएको रड उठाएर लगे । तिमीहरूले भोटै दिएनौ भन्दै रिसाउँदै गए ।’ चमार टोलमा ३५ परिवारका एक सयभन्दा बढी मतदाता छन् । तिनले अगुवाको इसारामा प्रायस् एउटै उम्मेदवारलाई भोट दिने गर्छन् । आजको कान्तिपुरमा खबर छ ।

Top