निर्वाचन विथोल्न खोज्नेमाथि सेनाले गोली चलाउँछः रक्षामन्त्री प्रधान

काठमाण्डाैं, २० मंसिर । रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन विथोल्न खोज्नेहरुमाथि गोली हान्ने अधिकार नेपाली सेनालाई दिइएको स्पष्ट पार्नु भएको छ ।

निर्वाचन विथोल्न खोज्ने उच्छृंखल तत्वहरुलाई निस्तेज पार्नको लागि नेपाली सेनालाई आफूले आवश्यक निर्देशन दिएको बताउनु भयो । उहाँले सेनालाई गोली हान्नेसम्मको अधिकार दिइएको उल्लेख गर्नु भयो ।

रक्षामन्त्री प्रधानले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदाताहरुको भरपर्दो सुरक्षा प्रबन्ध गरेकोले ढुक्क भएर मतदान गर्न आग्रह गर्नु भयो ।

भोलि हुने निर्वाचनमा ३८ हजार नेपाली सेना परिचालन हुने समेत मन्त्री प्रधानले जानकारी दिनु भयो ।

Top