किसानलाई गाई-भैंसी सुत्केरी भत्ताबापत सवा करोड !

काठमाडौं, २० मंसिर – सरकारले गत वर्ष र यो वर्ष गरी गाई र भैंसीलाई सुत्केरी भत्ताबापत सवा करोड रुपैया वितरण गरेको छ ।

गत वर्षदेखि सुरु भएको कार्यक्रमका लागि पशुसेवा मन्त्रालयमातहतको पशु उत्पादन  निर्देशनालयले यो वर्ष ४० जिल्लाका ४ हजार किसानलाई गाई-भैंसी सुत्केरी भत्ताबापत १ करोड रुपैया स्थानीय निकायलाई हस्तान्तरण गरेको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

Top