एघार स्वास्थ्य संस्थाका भवन बन्दै

बागलुङ, २० मंसिर – यस वर्ष ११ स्वास्थ्य संस्थाका नयाँ भवन बन्ने भएका छन् । बागलुङ नगरपालिका- १३ पैयुँपाटा र बढीगाड गाउँपालिकाको ग्वालीचौरमा प्राथमिक स्वास्थ्य अस्पताल र बाँकी नौ स्वास्थ्य चौकीका भवन बन्ने भएका हुन् ।

भीमगिठे, दगातुम्डाँडा, मालिका, पैयुँथन्थाप, भीमापोखरा, अर्गल, अमरभूमि, दर्लिङ र नारायणस्थानमा स्वास्थ्यचौकी भवन बन्नेछन् । शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङका अनुसार भवन निर्माणको काम अघि बढाइएको छ । प्राथमिक स्वास्थ्य अस्पताल न्यूनतम १५ श्ययाको बन्ने कार्यालय प्रमुख प्रकाश अर्यालले जानकारी दिए ।

उनका अनुसार अघिल्लो र चालु आवमा गरी जिल्लाभर ३७ स्वास्थ्य संस्थाका नयाँ भवन बन्ने प्रक्रिया अघि बढेको छ । स्वास्थ्य मन्त्रालयअनुसार चालु आवमा बन्ने भवन शहरी विकास तथा भवन डिभिजन कार्यालयअन्तर्गत निर्माण हुनेछन् । भवन निर्माणका लागि जग्गा व्यवस्थापनको काम भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

नयाँ बन्ने भवन ‘एकीकृत डिजाइन’ का बन्ने वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारीले बताए । आजको हिमायल टाइम्समा खब रछ ।

Top