आयोगको लक्ष्यः परिणाम चार दिनमै

काठमाडौं, २० मंसिर – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम ४ दिन र समानुपातिक तर्फको ८ दिनभित्र दिने लक्ष्य राखेको छ ।

मततगणना छिटो र व्यवस्थित रुपमा सक्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन आधिकृतहरुलाई निर्देशन दिएको उल्लेख गर्दै निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले भने, ‘प्रत्यक्षको ४ र समानुपातिकको ८ दिनसम्ममा गणना सक्ने लक्ष्य छ ।’

मतदाता संख्या अनुसारका थप गणना टोली परिचालन गरी निर्धारित समयभित्रै नतिजा दिने भनिएको उनले बताए । आजको कान्तिपुरमा खबर छ ।

Top