आइसीसी विश्व क्रिकेट लिगमा आज नेपालले युएईसँग खेल्दै

काठमाडौं, २० मंसिर – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आफ्नो अन्तिम चरणको खेलमा नेपालले आज घरेलु टोली युएईसँग पहिलो खेल खेल्दैछ । नेपाल र यु्एई यसअघि नै र्शीष चारभित्र रहने होडबाट बाहिरी सकेकाले यी दुई टोलीबीचको भिडन्त प्रतिष्ठाका लागिमात्र हुनेछ ।

विश्व क्रिकेट लिगको डिभिजन एकका आठ टोली सहभागी रहेको च्याम्पियनसिपमा नेपाल छैटौं स्थानमा छ भने युएई आठौं स्थानमा रहेको छ ।  पारस खड्काको कप्तानीमा युएई गएको नेपाली टोलीले अमेरिका र केन्यासँग अभ्यास खेल खेलेको थियो ।

पारस खड्का, ज्ञानेन्द्र मल्ललगायतका प्रमुख खेलाडीलाई विश्राम दिएको नेपालले अमेरिकासँगको पहिलो अभ्यास खेलमा पराजय भोग्दा दोस्रो खेलमा केन्यालाई सहजै पराजित गरेको थियो । च्याम्पियनसिपमा नेपालले आगामी शुुक्रबार युएईसँगको दोस्रो खेल खेल्नेछ ।

Top