अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिद्वारा रुसमाथी प्रतिबन्ध

एजेन्सी, २० मंसिर – डोपिङ प्रकरणमा दोषी भेटिएको भन्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले रसियन खेलाडीमाथी प्रतिबन्ध लगाएको छ । प्रतिबन्धसंगै अर्को बर्ष दक्षिण कोरियाको प्योगचाङमा हुने विन्टर ओलम्पिकमा रसियन खेलाडीले सहभागीता जनाउन पाउने छैनन् ।

१७ महिना लामो अनुसन्धान पछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले कठोर निर्णय गरेको हो । सन् २०१४ को ओलम्पिक खेलका दौरान रसियन खेलाडी डोपिङ टेष्टमा असफल भएपछि ओलम्पिक कमिटिले त्यसको छानबिन थालेको थियो । छानबिनका क्रममा उनीहरु दोषी पाईएपछि आईओसीले यस्तो निर्णय गरेको हो ।

त्यस्तै आईओसीले रसियन ओलम्पिक कमिटि पनि निलम्बन गरेको छ । विन्टर ओलम्पिक सुरु हुन ६३ दिन बाँकी रहदा आएको निर्णयले ओलम्पिकको शक्तिशाली मुलुक रसियालाई ठुलो घाटा पुगेको छ ।

Top