सरकारले निर्यात बढाउन नेपाली उत्पादनलाई प्राथमिकता दिने

काठमाण्डाैं, १९ मंसिर । सरकारले निर्यात व्यापारलाई बढाउन अन्तराष्ट्रिय व्यापार मेलामा नेपाली उत्पादनहरुको प्रर्दशनी गर्ने कामलाई उच्च प्राथमिकता दिने भएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका महानिर्देशक सरद विक्रम राणाले नेपालको निर्यात व्यापार बढाउन नेपाली उत्पादनहरुलाई अन्तराष्ट्रिय व्यापार मेलामा प्रर्दशनी गर्ने कामलाई उच्च प्राथमिकता दिने निर्णय लिनु परेको प्रष्टयाउनु भएको हो ।

निर्यात व्यापार घटदै गईरहेका बेला सरकारले नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारमै पु¥याएर प्रवद्र्धन गर्ने रणनीति तय गरेको हो । त्यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघसँग समन्वय गरेर नेपाली उत्पादन अन्तराष्ट्रिय व्यापार मेलामा सहभागी गराउने सरकारको योजना छ ।

मंगलबार काठमाडाैंमा आयोजित एक कार्यक्रममा बोल्दै महानिर्देशक राणाले निजी क्षेत्रसँग सहकार्य गरेर सो कामलाई अघि बढाउन लागिएको पनि जानकारी दिनु भयो ।

सरकारले नेपालमा निर्यात व्यापारमा लगानी बढाउन निजी क्षेत्रका बैंकहरुसँग पनि छलफल गर्दै आएको छ ।

Top