मुगुमा ११ जनाको मृत्यु भएपछि अनुगमनका लागी टोली परिचालन

मुगु,१९ मंसिर । भाइरल ज्वरो र झाडापखालाबाट ११ जनाको मृत्यु भएपछि मुगु जिल्लाको खप्त्याड गाउँपालिकामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुगमनका लागि उच्च स्तरीय टोलि पठाएको छ ।

भाइरल ज्वरोसंगै अन्य स्वास्थ्य समस्याका कारण ११ जनाको मृत्यु भएको खवर आएपछि रोग पत्ता लगाउन उच्च स्तरीय टोलि मुगु पठाइएको महाशाखाका निर्देशक डा. भिम आचार्यले बताउनु भयो।

अध्ययन टोलीसंगै जिल्ला अस्पताल मुगुबाट थप एक चिकित्सक आवश्यक औषधि सहित प्रभावित खप्त्याड गाउँपालिका पठाइएको भन्दै उहाँले रोग छिटै नियन्त्रणमा आउने बताउनु भएको छ । एक महिना अघि देखि खप्त्याड गाउँपालिकामा भाइरल ज्वरोको कारण ११ जनाको मृत्यु भएको भइसकेको छ भने १ सय ८१ जना बिरामी परेका छन् ।

Top