भारतीय कंग्रेसको अध्यक्षमा राहुल गान्धी

एजेन्सी, १९ मंसिर – भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्ता गराउने समयमा उनको मात्रै मनोनयन परेकाले निर्विरोध भएका हुन् ।

पाँच वर्षयता उपाध्यक्ष रहेका राहुलको काँधमा अब भारतकै सबैभन्दा पुरानो पार्टीको नेतृत्व पुग्न लागेका हुन् । सोनिया गान्धीले भने सन् १९९८ देखि पार्टीको अध्यक्ष पद सम्हाल्दै आएकी थिइन् ।

Top