ग्लाेबल आइएमइबाट चोरी भएको ३ हप्तापछी प्रहरीले अनुसन्धान थाल्दै

विनोद सिंह विष्ट

बैतडी,१९ मंसिर । आइएमइबाट चोरी भएको ३ हप्तापछी प्रहरीले घटनाको अनुसन्धान कार्य थाल्ने भएकोे छ । बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटको खोचलेक बजारमा रहेको एस एस ट्रेडर्स एण्ड सप्लायर्समा रहेको आइएमइ सेन्टरबाट गत कार्तिक  २९ गते राती ५ लाख ८० हजार नगद चोरी भएको घटनाबारे प्रहरीले मंगलबार देखि अनुसन्धान थाल्न लागेकोे हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्व शर्माका अनुसार चोरी भएको घटनाबारे अनुसन्धान गर्न प्रहरीको एक टोली मंगलवार घटनास्थलतर्फ जाने भएको छ ।

चोरी भएपश्चात जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन भएकाले निर्वाचनमा व्यस्त भएकाले अनुसन्धान ढिला हुन गएको हो उहाँले भन्नुभयो“चोरी भएकोबारे अनुसन्धान गरी चोरी गर्ने व्यक्तीको खोजी गर्छौ”

उक्त आइएमइ सेन्टरले ग्लोबल आइएमइ बैंकको शाखारहित बैंकिङ सेवा समेत दिईरहेको थियो । ग्लोबल आइएमइ बैंकको २ लाख ९४ हजार ५ सय १४ र आइएमइ सेन्टरमा रहेको २ लाख ८५ हजार ५ सय ८६ रुपैंया गरी कात्तिक २९ गते राती तिनओटा ढोकाको ताला तोडेर उक्त रकम चोरी भएको बिजनेश प्रतिनिधि हरिस कार्कीले जानकारी दिनुभयो ।

यसअघि चोरी भएको ३ हप्ता बितिसक्दा पनि चोरी गर्ने व्यक्ती पत्ता लगाई नसकेको भनेर पिडीत पक्ष आक्रोसित भएका थिए ।
चोरी भएको स्थान खोचलेक प्रहरी चौकीभन्दा करिब १ सय ५० मिटरको दुरीमा रहेकाले प्रहरी प्रशासनकै अगाडीबाट चोरी हुँदा समेत प्रहरी थाहा नपाउँनु प्रहरीको नै कमजोरी देखिएको छ ।

Top