बम बिस्पोटमा परि गगन थापा सहित ११ घाइते

काठमाण्डाैँ,१८ मंसिर ।  काठमाडाैँको चपलीमा बम विस्फोट हुँदा कांग्रेस उम्मेदवार गगन थापा घाइते हुनु भएको छ भने ११ घाइते भएका छन् ।

काठमाडौं ४ का उम्मेदवार थापा बुढानीलकण्ठ नगरपालिका २ स्थित चपलीमा घरदौलोमा रहेका बेला विस्फोट भएको हो । थापाको कान र ढाडमा चोट लागेको छ । उहाँलाई बमको छर्रा लागेको हो ।

प्रहरीका अनसार विस्फोट हुँदा थापा ४० मिटरको दुरीमा हुनु हुन्थ्यो । विस्फोटमा उम्मेदवार थापासहित १० जना घाइते भएका छन् । उनीहरु मध्ये दुई जनाको अवस्था गम्भीर छ ।

थापासहित सबै घाइतेको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं ४ का उम्मेदवार गगनकुमार थापाले हिंसात्मक घटनाबाट आतंकित नहुन मतदाताहरूलाई अपिल गर्नु भएको छ ।

Top