​नेपाल र केन्याबीचको अभ्यास खेल आज

काठमाडौं, १७ मंसिर – युएईमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज केन्यासँग एक दिवसीय अभ्यास खेल खेल्दै छ । खेल बिहान सवा ११ बजेदेखि हुने छ ।

विश्व क्रिकेट लिग च्याम्पीयन्सीपअन्तर्गत घरेलु टोली युएईसँग अन्तिम चरणको खेल खेल्न गएको नेपालले दोस्रो अभ्यास खेलमा केन्यासँग खेल्न लागेको हो । यसअघि भएको पहिलो अभ्यास खेलमा डिभिजन तीनको टोली अमेरिकासँग नेपाल ५ विकेटले पराजित भएको थियो ।

जारी विश्व क्रिकेट लिग च्याम्पीयन्सीपबाट नेपाल रेलिगेट हुँदै डिभिजन टू मा घटुवा भइसकेको छ ।

Top