निर्वाचनको फजुल खर्चमा महालेखाको चासो

काठमाडौं, १७ मंसिर – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले १ दर्जनभन्दा बढी निकायललाई करिब १५ अर्ब रुपैया भुक्तानी दिएको छ ।

सुरक्षा, मतपत्र छपाई लगायत प्रशासनिक खर्च, भत्ता सुविधा, बन्दोबस्तीका सामान खरिद लगायत शीर्षकमा अर्थ मन्त्रालयले निर्वाचन आयोग, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी गृह मन्त्रालय, क्षेत्रिय प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय लगायत निकायका नामा १४ अर्ब ८४ करोड ८८ लाख ७७ हजार ८ सय ९ रुपैया निकासा दिएको हो । आजको कारोबारमा खबर छ ।

Top