नवलपुरः बसको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौं, १७ मंसिर – नवलपुरको देवचुली नगरपालिकामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । ना ६ ख १३३४ नम्बरको बसको ठक्करबाट ३५ वर्षीया माया पौडेलको मृत्यु भएको हो ।

पैदल हिँडिरहेकी पौडेललाई बसले देवचुली नगरपालिका १७ मा ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Top