अमेरिकाः कर कटौतीसम्बन्धी विधेयक अनुमोदन

एजेन्सी, १७ मंसिर – अमेरिकी सिनेटरहरुले व्यापक कर कटौतीसम्बन्धी विधेयक अनुमोदन गरेका छन् । राष्ट्रपति बनेयता डोनाल्ड ट्रम्पका लागि यो पहिलो ठूलो विधायिकी जित हो ।

कम्पनीहरु तथा केही व्यक्तिमाथि लाग्दै आएको कर कटौती गर्ने परिकल्पना विधेयकले गरेको छ । पछिल्लो कदमलाई सन १९८० को दशकयताकै सबैभन्दा ठूलो करसम्बन्धी फेरबदल भनिएको छ । यो विधेयकको पक्षमा ५१ र विपक्षमा ४९ मत परेको थियो । विपक्षि पार्टीहरुले भने यो विधेयकले ठूला व्यवसायलाई मात्रै फाइदा पुग्ने बताएका छन् ।

विधेयक अनुमोदन भएपछि राष्ट्रपति ट्रम्पले रिपब्लिकनहरुलाई धन्यवाद दिंदै काम गरेर जीवनयापन गर्ने परिवारका लागि व्यापक कर कटौती गर्ने दिशामा एक कदम नजिक पुगेको टिप्पणी गरेका छन् । नयाँ ऐन अनुसार कम्पनीहरुसँग सम्बन्धित कर ३५ प्रतिशतबाट २० प्रतिशतमा झारिएको बीबीसीले जनाएको छ ।

Top