स्रोत नखुलेको चौध लाखसहित रानीबारीबाट दुई पक्राउ

काठमाण्डाैं, १६ मंसिर । महानगरीय प्रहरी बिट रानीबारीले १४ लाखसहित दुई जनालाई पक्राउ गरेको छ ।

विटका प्रमुख विचित्र मगरको नेतृत्वमा खटिएको टोलीले जाँचका क्रममा बा ६४प ५१८९ नंको मोटरसाइकलमा सवार किरण भट्टराई र सागर लम्साललाई पक्राउ गरेको हो ।

दुवै जनालाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे पठाइएको छ । वृत्तका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले स्रोत नखुलेको हुण्डीको हुन सक्ने ठूलो परिणाममा रकम फेला पारिएको बताउनु भयो ।

के प्रयोजनका लागि रकम ओसारपसार भइरहेको छ भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनु भयो ।

Top