विराटनगर भन्सारको राजस्व आधा घट्यो

विराटनगर, १५ मंसिर – भारतीय पक्षले पुल मर्मत गर्न आलटाल गरेपछि सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायीहरूले रुट परिर्वनत गर्न थालेका छन् । जसका कारण विराटनगर भन्सार कार्यालयको राजस्व संकलन आधा घटेको छ ।

सीमावर्ती भारतीय बजार जोगबनी बजारपश्चिमा रहेको मिरगन्ज खोलाको पुलको मर्मत नहुँदा पाँच महिनादेखि पुल बन्द छ । गत साउन महिनामा आएको बाढीका कारण भदौ ५ गतेबाट पुलमा मालबाहक सवारी साधन आवतजावतमा भारतीय पक्षले रोक लगाएको थियो ।

नेपाली व्यवसायीहरूको तीव्र दबाबका कारण पुलको सामान्य मर्मत गरी २० टनसम्मका मालबाहक सवारी सधान चल्न दिए पनि त्योभन्दा माथि भार क्षमता भएका साधनलाई रोक लगाएको छ । अहिले पुलबाट पेट्रोलियम पदार्थ बोकेका टयांकलरी र अन्य सानातिना पैठारीका गाडीहरू मात्र आइरहेका छन् । आजको कान्तिपुरमा खबर छ ।

Top