मनाङ मस्र्याङदी र त्रिभुवन आर्मी क्लबबीच उपाधि भिडन्त

काठमाडौं, १५ मंसिर – झापाको काँकडभिट्टामा जारी राजधानी बाहिरको सर्वाधिक पुरस्कार राशिको काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगितामा आज मनाङ मस्र्याङदी र त्रिभुवन आर्मी क्लबबीच उपाधि भिडन्त हुदैछ ।

काँकरभिट्टा माविको खेल मैदानमा ३ बजेपछि हुने प्रतियोगिताको उपाधि जित्नेमा दुवै टोली ढुक्क रहेको बताएका छन् । आर्मीले पुलिसलाई र मनाङले आयोजकलाई हराउँदै उपाधी भेट पक्का गरेका हुन् ।

प्रतियोगिताको विजेता टिमले आठ लाख रुपैयाँ पुरस्कार पाउने भने उपविजेता टिमले चार लाख एक हजार रुपैयाँ पाउने छन् ।

Top