पेशावरस्थित एटीआई होस्टलमा आक्रमण, ९ को मृत्यु

एजेन्सी, १५ मंसिर । पाकिस्तानको पेशावरस्थित एग्रिकल्चर ट्रेनिङ इस्टिच्युटको होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

उक्त क्षेत्रमा अहिले पनि अपरेशन जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

अपरेशनका क्रममा तीन बन्धुकधारी पनि मारिएका छन् ।

Top